नबिल बैंक र अलोईबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी

डिसी नेपाल
२२ पुष २०७९ ९:२०
64
Shares

नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

यस साझेदारीका साथ नबिल बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाहरुको प्रभावकारी रुपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्नेछ।

नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोईका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। वरिष्ठ सीईओ शाक्यले दिगो वित्तपोषणका रुपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहज रुपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए।

दिगो बैंकिङकोरुरूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारीसाधन खरिद गर्न चाहने उद्यमीहरुलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.