आत्मनिर्भर लघुवित्तले पायो आइपिओ निष्काशनको अनुमति
काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई २ करोड ३ लाख ३८ हजार रुपैयाँबराबरको आईपीओ निष्काशन अनुमति दिएको हो।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ जारी गर्न लागेको हो।
यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यो सार्वजनिक निष्कासन चुक्तापुँजीको ३२.६२५ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment