न्युनतम साझा कार्यक्रम तयार, शनिबार शीर्ष नेतालाई बुझाउने

डिसी नेपाल
२२ पुष २०७९ १५:२६
116
Shares

काठमाडौं। सरकारको अन्तिम न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ।

शुक्रबार बसेको कार्यदलको बैठकले न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको कार्यदलका सदस्य एवं राप्रपा महामन्त्री धवलसमशेर राणाले जानकारी दिए।

कार्यदलले राप्रपाले मुख्य रुपमा उठाउँदै आएको पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनु पर्ने मागलाई समेटेको छ। कार्यदलले प्रतिबेदन शनिबार शीर्ष नेतालाई बुझाउने कार्यदल सदस्य राणाले जानकारी दिए।

शीर्ष तहबाट पारित भएपछि उक्त कार्यक्रम सार्वजनिक गरिने उहाको भनाइ छ । साझा कार्यक्रममा सवै दलहरुको एजेण्डालाई समावेश गरिएको र मुलुक र देशको हितका लागि नै कार्यक्रम तयार भएको उनले बताए।

सुशासन, जनतालाइ परिवर्तनको आभाष हुने गरि कार्यक्रम तय भएको उनको भनाइ छ। पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.