ज्योति विकास बैंकको लाभांश घोषणा
काठमाडौँ। ज्योति विकास बैंकले आफ्नो सेयरधनीलाई ६.८० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँको ३ प्रतिशतले हुन आउने १२ करोड ८० लाख ३२ हजार ५९९ रुपैयाँको बोनस सेयर र ३.८० प्रतिशत १६ करोड २१ लाख ७४ हजार ६२५ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित भएपछि आफ्नो सेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment