‘रकी भाइ’ फेरि फर्किँदै, केजीएफ ३ मा फेरि देखिनेछन् सुपरस्टार यश !
काठमाडौं । कतिपय कुरा पत्याउनै गाह्रो हुन्छ। कन्नड सुपरस्टार यशको जन्मदिनमा पनि यस्तै भएको छ । ‘रकी भाइ’ को जन्मदिनमा फ्यानहरूलाई ठूलो सरप्राइज दिँदै केजीएफ ३ को बारेमा ठूलो खबर आएको छ।
केजीएफ स्टार यशका संसारभरि लाखौं फ्यानहरू छन्। यशको जन्मदिनमा फ्यानहरू उनीबाट विशेष घोषणाको पर्खाइमा थिए । तर २ दिनअघि यशले आफ्नो जन्मदिनमा नयाँ फिल्मको घोषणा नगर्ने बताएका थिए । यशको यो कुराले फ्यानहरु दुखी भए । तर अब दुखी हुने होइन खुसी हुने बेला आएको छ ।
यशको ३७ औं जन्मदिनमा उनको फिल्मको बारेमा नयाँ अपडेट सेयर गरिएको छ । यशलाई जन्मदिनको शुभकामना दिँदै केजीएफ २ को निर्माण कम्पनी होमेबल फिल्मसले केजीएफ ३ तर्फ संकेत गरेका छन्। यस बाहेक केही रिपोर्टमा केजीएफ ३ को सुटिङ २०२५ मा सुरु हुन सक्ने पनि बताइएको छ । होमेबल फिल्म्सको ट्विट हेरेपछि सामाजिक सञ्जालमा ‘रकी भाइ’ ट्रेन्डिङ हुन थालेको छ ।
यशले केजीएफ च्याप्टर २ मा आफ्नो अभिनयले मानिसहरूलाई फ्यान बनाए । फिल्मलाई लिएर फ्यानमा निकै क्रेज थियो । यशको फिल्मले जनताको मनमा यस्तो गहिरो छाप छोड्यो कि केजीएफ २ ले लगभग १२५० करोडको व्यापार गर्यो। केजीएफ २ हेरेपछि सबैजना यसको अर्को भागको प्रतिक्षामा थिए। अब केजीएफ ३ को बारेमा यशले प्रशंसकहरूलाई के भन्छन् त्यो भने हेर्न बाँकी छ ।







डिसी नेपाल








Facebook Comment