सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

डिसी नेपाल
२४ पुष २०७९ १८:१५
112
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को प्रमुख उपस्थितिमा सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताको सहभागिता रहेको छ।

बैठकमा मुख्यमन्त्रीको टुंगो लगाउने र २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.