यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२५ पुष २०७९ ८:४१
216
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३२ रुपैयाँ ०६ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र विक्री दर १३९ रुपैयाँ ४७ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ०२ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ०४ पैसा र विक्री दर ९८ रुपैयाँ ४९ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८४ पैसा र विक्रीमा ९ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.