पालुन खोला हाइड्रोपावरले १९ लाख कित्ता आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

डिसी नेपाल
२५ पुष २०७९ ९:२४
128
Shares

काठमाडौं । पालुन खोला हाइड्रोपावर कम्पनीले १९ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।  यो आइपिओ स्थानीयवासी तथा सर्वसाधारणका लागि जारी गर्न लागेका हुन्।

कम्पनीले आइपिओ जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेका छन्। सम्झौता पत्रमा पालुन खोला हाइड्रोपावर कम्पनीकातर्फबाट कार्यकारी अध्यक्षपुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

पालुन खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.