हवाई भाडा घट्यो

डिसी नेपाल
२५ पुष २०७९ १२:२८
196
Shares

काठमाडौँ। वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धन मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएसंगै वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएको हो।

नेपाल वायु सेवा सञ्चालक सङ्घले  (पुस २७ गते) बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ। सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा रु ८८५ रुपैयाँ घटेको छ। घटेको भाडादर अनुसार काठमाडौँ–धनगढी १६ हजार १४० रुपैयाँमा झरेको छ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ। अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ। काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ। विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ।

काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।

निगमले आइतबार राती १२ बजे पेट्रोलियम पदार्थको मूल्य पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ  मूल्य  घटाइएको छ। पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १७५, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १७२ र  हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १७० रूपैयाँ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.