सेयर बजारमा हरियाली, ४६.७६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.६१ अङ्कले बढेर ४१९.८४ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा रिडी पावर कम्पनी अग्रिम स्थानमा छ। यसको आज २० करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा न्यादी ग्रुप र एनआईसी एशिया बैंकको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये होटल तथा पर्यटन उपसूचकबाहेक सबै उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा बरुण हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, स्वाभिमान लघुवित्त र धौलागिरी लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment