देउवा निवास धुम्बाराही पुगेर प्रधानमन्त्रीले मागे विश्वासको मत

डिसी नेपाल
२५ पुष २०७९ २०:२८
288
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्। देउवालाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास धुम्बाराही पुगेका हुन्।

देउवाको सचिवालयका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्नका लागि मंगलबार बिहान संसदीय दलको बैठक बोलाएको छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.