फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले गोल्डेन ग्लोब अवार्ड जित्यो

डिसी नेपाल
२७ पुष २०७९ १३:४३
232
Shares

काठमाडौं । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ । फिल्ममा जुनियर एनटीआर र रामचरण मुख्य भूमिकामा थिए। यो गीत पनि उनीहरु दुबैमा खिचिएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ८० औं गोल्डेन ग्लोब अवार्ड समारोह हुँदैछ । यसपटकको अवार्ड समारोह भारतको दृष्टिकोणले पनि विशेष छ किनभने ‘आरआरआर’ दुई विधामा मनोनित भएको थियो । तर, अवार्ड एउटा विधामा मात्र दिइएको छ ।

यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन् । गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् । आरआरआर उत्कृष्ट गैर-अंग्रेजी फिल्म विधामा पनि मनोनित भएको थियो तर अवार्ड अर्जेन्टिनाको फिल्मलाई गयो।

गोल्डेन ग्लोब जितेको गीत ‘ओरिजिनल सङ’ विधामा प्रतिष्ठित एकेडेमी अवार्डका लागि पनि प्रतिस्पर्धामा छ । सर्टलिस्ट गरिएका गीतहरूको सूची हालै सार्वजनिक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.