फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन्।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले जानकारी पाएपछि आईजीपीलाई फोन गरेर महतोलाइ पक्राउ गर्न निर्देशन दिएको बताए। उनले संसदमै उपस्थित हुँदा आफुले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको उल्लेख गरे।
सांसद महत्तो मधेस आन्दोलनका क्रममा सशस्त्रका असइ थमन विकको हत्या अभियोगमा फरार सूचीमा रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment