प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकियो, के भयो कुराकानी ?

डिसी नेपाल
२८ पुष २०७९ २०:३५
496
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको बताइएको छ ।

अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सातवटै प्रदेश सरकार बनिसकेको अवस्थामा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.