अन्य दल सहमत भएमात्रै कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दिने

डिसी नेपाल
२९ पुष २०७९ ६:२०
232
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसँग छलफल गर्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि पुरानै समीकरण फर्काउने प्रयास गरिरहेको छ। वर्तमान सत्ता समीकरणमा आवद्ध दलबीच राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भइसकेको छ।

सभामुखको निर्वाचन यही माघ ५ गते हुँदैछ। त्यसअघि नै कांग्रेसले अन्य दलसँग छलफल गरेर सभामुख र उपसभामुखमा उम्मेदवारी दिने नदिने विषयमा निर्णय गर्ने भएको हो।

दलहरुसँग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका बिषयमा पार्टीले निर्णय लिने उनले बताए। राष्ट्रपति चयनका बिषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ।

पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको बेला नेविसंघ लगाएतका भातृसंगठनलाई पनि पूर्णता दिने बिषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.