घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्ने

डिसी नेपाल
२९ पुष २०७९ ८:२५
148
Shares

काठमाडौं। नेकपा एमाले परित्याग गरेको घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।

एमालेभित्रको अन्तरविरोध चर्किँदा माधव नेपाल पक्षमा लागेका भुसालले माधव नेपालले पार्टी विभाजन गरेपछि भने एमाले मै बसेका थिए। एमाले भित्र रहेर वाम गठबन्धनको वकालत गर्दै आएका भुसाललाई मंसिर ४ को निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनले भुसालले एमाले परित्याग गरेका थिए।

एमाले स्थायी कमिटी सदस्य रहेका भुसाललाई पछि पार्टीले कारवाही गरेर साधारण सदस्यसमेतबाट हटाएको थियो। एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाल निर्वाचनमा पराजित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्न तयार भएका हुन्।

भुसालले आफू निकट नेताहरुलाई पनि एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गर्न आग्रह गरेका छन्। तर एमाले छोड्न अन्य नेताहरु तयार नभएपछि भुसाल एक्लै नेकपा एसमा प्रवेश गर्न लागेका हुन्।

भुसाल नेकपा एसमा प्रवेश गर्ने भएपनि उनले पाउने जिम्मेवारी निश्चित भइसकेको छैन। भुसालले महासचिव पद दाबी गरेका छन्। हाल नेकपा एसमा बेदुराम भुसाल महासचिव छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.