राष्ट्रियसभामा वामदेव गौतमले भने- गठबन्धन गरेपछि किन पार्टी चाहियो?

डिसी नेपाल
२९ पुष २०७९ १४:२८
380
Shares

काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन्।

आज बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, “गठबन्धन गरेपछि किन पार्टी चाहियो? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ।” उनले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरे।

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताए। उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.