प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं। मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद विस्तार, सभामुख, उपसभामुखको निर्वाचन लगायनका विषयमा छलफल भइरहेको छ।
पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका छन्।
विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका प्रचण्डले दैनिकजसो एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै आएका छन्। पुस ११मा सपथ लिएकै दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै मन्त्तिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment