कर्णालीमा सभामुखका लागि क-कसको दाबी? आज उम्मेदवारी दर्ता

डिसी नेपाल
३० पुष २०७९ १२:०९
60
Shares

सुर्खेत। कर्णाली प्रदेशमा शनिबार सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज रहेको रहेको छ। शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ। त्यस्तै ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ।

अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय रहेको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ। त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुखका लागि क-कसको दाबी?
सत्ता गठबन्धन भित्र रहेको माओवादीले मुख्यमन्त्री पाएपछि नेकपा एमालेको भागमा सभामुख परेको छ। तर यो समाचार तयार पर्दा सम्मा समामुखको विषयमा अन्तिम टुंगो लागेको छैन।

सभामुखका आंकाक्षीका रुपमा सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम अहिले सतहमा आएको छ। सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ।

कांग्रेसले पनि उम्मेदवारी दर्ता गर्ने

नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ। कांग्रेसबाट सुर्खेत १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य खड्क पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयामा आन्तरिक छलफल भइरहेको स्रोतले बताएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.