कांग्रेस राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल होइनः रघुवीर महासेठ
काठमाडौं। नेकपा (एमाले)का सचिव रघुवीर महासेठले कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रुपमा प्रतिपक्षी दल नभएको बताएका छन्।
रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा महासेठले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसंगै कांग्रेस अव प्रतिपक्षी दल नभएको बताएका हुन्। नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि दाबी गरे।
उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने धारणा राखे। उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने बताए।
महासेठले आफूहरुले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोेजेको बताए। फरक प्रसंगमा उनले आफू १०\१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्र र सभामुखजस्ता पदमा नजाने स्पष्ट पारे।







डिसी नेपाल







Facebook Comment