राष्ट्रिय सहमतिको प्रधानमन्त्री हुन पाउँदा गौरवबोध भएको छः प्रधानमन्त्री

डिसी नेपाल
३० पुष २०७९ १६:१४
32
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन्।

कम्युनिस्ट आन्दोलनका पूराना नेता, माओवादीको जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो। यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो। करिब राष्ट्रिय सहमति नै भयो। यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो। मैले त्यही ठानेको छु। सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ।’

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताए। उनले ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको र पूराना शिक्षक साथीहरू र विद्यार्थी पनि देख्दा छुट्टै आत्मीयताको महसुस गरेको बताए।

‘अहिले ४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा भएको छु,’ उनले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास मेरो प्राथमिकतामा छ। म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.