लुम्बिनीमा करोड बढीका नोट ‘खोस्टा’ बराबर

डिसी नेपाल
१ माघ २०७९ १६:४३
4.2k
Shares

भैरहवा। लुम्बिनीमा १ करोड बढी मुल्य बरारबरको विदेशी मुद्रा सटही नहुदा रद्दी झै थन्किएको छ।

लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा रखिएका विभिन्न दानपेटिकामा विदेशी मुद्राहरु संकलन हुने गरेको छ, संकलित ति मुद्राहरु मध्ये विनिमय नहुने वदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि पोको पारेर राखिएको हो। करोडौ मुल्य बराबरको ती मुद्राहरु प्रयोग नभएकोले मुल्य अनुसार नभई रद्दी सरह भएको छ।

लुम्बिनी विकास कोषले दान पेटिकामा रहेको चलनचलतीका मुद्राहरु सटही गरेपनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेका नोटहरु सटही नगर्ने भएकोले सटही नभएका ३९ देशका मुद्राहरु विकास कोषले संचित गरेर राखेको छ।

विभिन्न देशका ती मुद्राहरु नेपाली १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैया बराबर रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिए।

दानपेटिकाबाट संकलित रुपैया मध्ये सबै भन्दा बढि म्यानमारको ७३ लाख ४८ हजार १ सय ५८ नेपाली रुपैया रहेको छ। त्यस्तै, ओमनको १७ लाख ७९ हजार, श्रीलंकाको ८ लाख १ हजार, पेरुको ६ लाख ५१ हजार, भियतनामको ४ लाख ९८ हजार, इन्डोनेसियाको २ लाख ७० हजार, कम्बोडियाको १ लाख ९० हजार नेपाली रुपैया बराबरको रहेको छ।

यि बाहेक भुटान, मंगोलया, बंगालदेश, लाओस, पाकिस्तान, अजेन्टिना, अफगानिस्तान, मोरिसस, युगान्डा, इरानी, इराक, स्वस्डेन रसिया लगायतका मुद्राहरु पनि संकलन भएका छन्।

त्यस्तै, अन्य विभिन्न देशका संकलित मुद्राहरु पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेको र साट्न समेत असहयोगका कारण सटही नहुँदा ती मुद्रा संचिती गरेर राखिएको विकास कोषले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ। आर्थिक वर्ष २०७१–०७२ देखि पुष ७ गते २०७९ सम्ममा यि ३९ देशका मुद्राहरु संकलन भएपनि तत्काल सटही नहुने भएकोले छुट्याएर राखिएको छ।

संकलित मुद्रा मध्ये राष्ट्र बैंकले खरिद–बिक्री गर्ने मुलुकको सटही हुने मुद्रा रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने बैंकमा पठाइने गरिएको छ, सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष भट्टराइले भने। संकलित मुद्राहरु लामो समय सटही नहुँदा कतिपय कुहिने अबस्थामा पुगेका छन्।

सटही नहुने मुद्राको विनिमय नेपाल राष्ट्र बैंक मार्फत मात्रै हुने सम्भावना रहेकोले कोषले बारम्बार पत्राचार गर्ने गरेको छ। राष्ट्र बैंकले चासो नदिएको कारण वर्षौ देखि ती मुद्राहरु संचिती गरेर राख्ने गरिएको छ।

अर्थमन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेका छौं। विकास कोषले मोनाष्ट्रीहरुसँग समन्वय र सहकार्य गरेर साट्न सकिने बैकल्पिक व्यवस्था निकालेपनि सरकार, मोनाष्ट्री र राष्ट्र बैंक साक्षी बसेरमात्रै यो सम्भव हुने देखिन्छ।

लुम्बिनी विकास कोषले भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काममा खर्च गर्दै आएकोे छ।

नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैक मार्फत विदेशी मुद्रा कलेक्शनको लागि पठाउने व्यवस्था छ। सैधान्तिक रुपमा कलेक्शन गरी साट्ने व्यवस्था छ, कोभिड अगाडि सटिएपनि पछिल्लो २–३ वर्ष देखि पत्राचार नभएको बताए।

राष्ट्र बैकको बैंकिङ विभागमा लुम्बिनी विकास कोषले प्रक्रियागत रुपमा पहल गरे पनि साट्न मिल्ने नोटहरु साट्न सकिन्छ।

सहायक निर्देशक रमेश न्यौपानेले हामीले साट्न मिल्ने मुद्राहरु यही साटेपनि चलनचल्ती बाहेकका मुद्राहरु नोटहरु काठमाण्डौ पठाएर कलेक्शनका लागि पठाउन सकिने बताए। यो देशको यो यो दरको नोटहरु यो नम्बरको छ भनि विस्तृत खुलाएर राष्ट्र बैंकलाई अनुरोध गरे हामीले पहल गरिदिने बताए।

हामीले सटही गर्न नसकेपनि मुद्रा सटहीको लागि केन्द्रमा अनुरोध गर्ने बताए। विदेशी मुद्रा कलेक्शन गरेर नोटहरु सम्बन्धित ठाँउमा पठाउने हुन्छ सबै साटिन्छ भन्ने पनि हुदैन त्यसको मापदण्ड अनुसार नोटको हकमा सटिने व्यवस्था भएपनि सिक्काहरु भने सटही नहुने उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.