विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, नेप्से पनि बन्द रहने

डिसी नेपाल
२ माघ २०७९ ९:१६
104
Shares

काठमाडौं। सेयर बजार आज (सोमबार) पनि  बन्द हुने भएको छ। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज सरकारले बिदा दिएको  हो। आज सरकारले शोक बिदा दिइएको हुनाले सेयर बजार बन्द रहने भएको छ।

अव मंगलबार बिहान ११ बजे मात्र सेयर बजार खुला हुने भएको छ। यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा पुगेको थियो।

दुघर्टनाग्रस्त विमान चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। हिजो साँझसम्म ६८ वटा शव घटनास्थल सेतीको खोँचबाट बाहिर निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.