सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२ माघ २०७९ १०:४३
376
Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ। आज सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुन तोलाको एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार सात सय रुपैयाँ निर्धारण भएको छ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.