नयाँ सारथी लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
२ माघ २०७९ ११:५४
20
Shares

काठमाडौँ। नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने भएको छ। पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै बोनसमा लाग्ने कर तिर्न  प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले चुक्तापुँजीको १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३० लाख ३३ हजार ९५३ रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.