शरीरमा हेमोग्लोबिनको कमी भएको छ ? यी खानेकुराहरु खानुहोस्

डिसी नेपाल
२ माघ २०७९ १३:०२
1.3k
Shares

काठमाडौं । शरीरमा कुनै पनि पोषक तत्वको कमीले तपाईंलाई रोगहरूको जोखिममा पार्न सक्छ। जसमध्ये हेमोग्लोबिन पनि एक हो । शरीरमा हेमोग्लोबिनको मात्रा पनि सही हुनुपर्छ । यो फलामबाट बनेको हुन्छ र रातो रक्त कोशिकाहरूमा अक्सिजन पुर्‍याउने काम गर्दछ। जुन सम्पूर्ण शरीरको उचित कार्यका लागि सबैभन्दा महत्त्वपूर्ण हुने गर्दछ। यसले फोक्सोबाट अक्सिजन लिन्छ र रगतको माध्यमबाट शरीरको हरेक भागमा पुर्‍याउँछ। यस्तो अवस्थामा हेमोग्लोबिन शरीरको लागि कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न सकिन्छ।

शरीरमा भएको कुल रगतको १० भागमा एक भाग हेमोग्लोबिनको मात्रा हुने गर्छ। उमेर र लिंगका आधारमा हेमोग्लोबिनको मात्रा पनि फरक–फरक हुने गर्छ। नवजात शिशुमा सामान्यतया १७.२२ ग्राम डिएल हेमोग्लोबिन हुन्छ। बच्चामा ११.१३ ग्राम डिएल, वयस्क पुरुषमा १४.१८ र महिलामा १२.१६ ग्राम डिएल हेमोग्लोबिनको मात्रा हुने गर्छ।

यदि शरीरमा हेमोग्लोबिनको मात्रा घट्यो भने रगतको अक्सिजन बोकेर हिँड्ने क्षमता पनि घट्छ । फलस्वरुप शरीर लाई चाहिने अक्सिजनको यथेष्ट मात्रामा आपूर्ति हुन सक्दैन । अक्सिजनको आपूर्तिमा कमी आउनासाथ शरीर भित्र हुने कतिपय रासायनिक प्रतिक्रियाहरु प्रभावित हुन्छन् । शरीरले आवश्यक शक्ति प्राप्त गर्न सक्दैन । रक्तअल्पता हुनु आफैमा एक रोग नभएर शरीर भित्र भएका अन्य रोगको संकेत पनि हो ।

हेमोग्लोबिनको कमी हुँदा देखिन्छ यस्तो लक्षण:

थकान र कमजोरी महसुस हुनु।

शरिर चिसो भइरहनु ।

मांसपेशीमा कमजोरी हुनु ।

शरीर दुख्ने, विशेषत टाउको दुख्नु।

रक्तअल्पत्ता हुनु।

किड्नी र कलेजोको विरामी हुनु।

छालाको रङ बदलिने र घाउ चाडै निको नहुनु।

महिनावारीको समयमा धेरै दुखाई हुनु।

श्वासप्रश्वास छिटो हुनु।

छालाको रंग हलुका पहेंलो देखिनु।

चक्कर आउनु र छटपटी हुनु।

छाती दुख्नु।

मुटुको धडकन बढ्नु, धडकनमा असन्तुलन आउनु।

शरीरमा हेमोग्लोबिनको कमी छ भने खानामा केही कुरा समावेश गरेर शरीरमा हेमोग्लोबिनको कमीलाई हटाउन सकिन्छ ।

बदामः बदामको सेवनले शरीरमा हेमोग्लोबिनको कमीलाई हटाउन सकिन्छ । हेमोग्लोबिनको कमी प्रायः महिलाहरूमा देखिन्छ। तसर्थ, यदि तपाई हेमोग्लोबिनको कमी छ भने, तुरुन्तै बदामलाई आफ्नो आहारमा समावेश गर्नुहोस्।

भटमासः यदि तपाई हेमोग्लोबिनको कमीबाट पीडित हुनुहुन्छ भने खानामा भटमास समावेश गर्नुहोस् । यसमा प्रचुर मात्रामा हेमोग्लोबिन हुन्छ। तपाईंले आहारमा भटमास धेरै तरिकामा समावेश गर्न सक्नुहुन्छ। उदाहरणका लागि, सोयाबीन क्यासरोल, तरकारी वा फ्राइड राइसमा प्रयोग गर्न सकिन्छ।

स्याउः स्याउ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा तपाईले धेरै मानिसबाट सुन्नु भएको होला । यदि तपाईले दैनिक एउटा स्याउ खानुभयो भने तपाई धेरै रोगहरुबाट बच्न सक्नुहुन्छ । स्याउले प्रशस्त मात्रामा आइरन हुनुका साथै हेमोग्लोबिनको स्तर बढाउन पनि मद्दत गर्छ ।

पालकः धेरैलाई पालक धेरै मन पर्छ भने कतिलाई मन पर्दैन । तर यदि तपाई हेमोग्लोबिनको कमीले हैरान हुनुहुन्छ भने अवश्य पालक खानुहोस् । पालकले हेमोग्लोबिनको स्तरलाई सजिलै बढाउँछ।

अम्बाः अम्बाको सेवनले शरीरमा हेमोग्लोबिनको कमीलाई पनि हटाउन मद्दत गर्छ। यद्यपि यस समयमा तपाईले बजारमा अम्बा कम पाउनुहुनेछ, तर यदि तपाईले पाउनु भयो भने अवश्य सेवन गर्नुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.