युनाइटेड मोदी हइड्रोपावरले लाभांश वितरण गर्ने

डिसी नेपाल
२ माघ २०७९ १५:१५
4
Shares

काठमाडौँ। युनाइटेड मोदी हइड्रोपावरले ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.३६८५ नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्ताव गरिएकाे  बोनस सेयर तथा नगद लाभांश विद्युत नियमन आयोग र युनाइटेड मोदीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.