मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
३ माघ २०७९ ८:५५
524
Shares

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २९ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८९ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८३ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४३ पैसा रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्री दर १४१ रुपैयाँ ६८ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ७३ पैसा र बिक्रीमा ९१ रुपैयाँ १५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र विक्री दर ९९ रुपैयाँ १३ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ १४ पैसा र विक्रीमा १० रुपैयाँ १९ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.