माओवादीले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्रीको नाम

डिसी नेपाल
३ माघ २०७९ ११:०८
508
Shares

काठमाडौं। माओवादी केन्द्रले सरकारमा सहाभागी हुने मन्त्रीको टुंगो लगाएको छ।

माओवादीले दाङ-२ बाट निर्वाचित रेखा शर्मालाई सञ्चार, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र मोरङ-४ बाट निर्वाचित अमनलाल मोदीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी दिइएको छ।

माओवादीले प्रधानमन्त्रीसहित पाँचवटा मन्त्रालय लिने सहमति भएको छ। यसअघि नै माओवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जिम्मेवारी लिइसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.