तीन कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको कति ?

डिसी नेपाल
३ माघ २०७९ १२:४९
136
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

मंगलबारको कारोबारमा ग्रीन भेञ्चर, पिपुल्स हाइड्रोपावर कम्पनी र बाराही हाइड्रोपावर पब्लिकको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी तीन वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

ग्रीन भेञ्चरको सेयर भाउ ३७ रुपैयाँ ८० पैसाले बढेर ४ सय १५ रुपैयाँ ८० पैसा र पिपुल्स हाइड्रोपावरको सेयर भाउ २७ रुपैयाँले बढेर २ सय ९७ रुपैयाँ पुगेको छ।

यस्तै, बाराही हाइड्रोपावरको सेयर भाउ ३४ रुपैयाँ ३० पैसाले बढेर ३ सय ७८ रुपैयाँ २० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.