पदबहाली गर्दै परराष्ट्रमन्त्री राईले भनिन्- परराष्ट्र नीतिलाई स्थिर बनाउन प्रयास गर्छु

डिसी नेपाल
३ माघ २०७९ १४:५९
408
Shares

काठमाडौं। नविनयुक्त परराष्ट्रमन्त्री विमला पौडेल राईले पदबहाली गरेकी छन्। आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

पदभार ग्रहण गर्दै उनले जनतामा परराष्ट्र मन्त्रालयले दिने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताएकी छन्।

परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासमा नेपालीको सहज पहुँच बनाउने तीन कामलाई प्राथमिकता दिने उनको भनाइ छ।

परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री पौडेलले बताइन्। नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने बताइन्। पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने बताइन्।

नेकपा (एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य राई परराष्ट्रमन्त्री बनेकी हुन्। उनी परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.