सेयर बजार ३२.७२ अंकले बढ्यो, बैंकिङ्गबाहेक सबै उपसूचकमा हरियाली

डिसी नेपाल
३ माघ २०७९ १५:१७
92
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अङ्कले बढेर ४१६.०६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपि पावर कम्पनी अग्रिम स्थानमा छ। यसको आज २३ करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा अपार तामाकोशी र न्यादी ग्रुपको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ्ग उपसूचकबाहेक सबै उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा ग्रीन भेन्चर, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर र बाराही हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको  छ। यी कम्पनीका लगानीकर्ताले अत्यधिक लाभांश कमाएका छन्।  यस्तै, प्रभु सेलेक फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.