अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
४ माघ २०७९ ८:४४
24
Shares

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५२ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १२ पैसा तोकिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ २९ पैसा र विक्री मूल्य १३० रुपैयाँ ८९ पैसा रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्री दर १४१ रुपैयाँ ८२ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ ६६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ०८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २० पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिंगापुरे डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र विक्री दर ९९ रुपैयाँ ०६ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ १३ पैसा र विक्रीमा १० रुपैयाँ १८ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.