फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ३८.३५ प्रतिशतले बढ्यो, इपिएस कति ?
काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ३८.३५ प्रतिशतले बढेको छ। गत वर्षको यहिँ अवधिमा १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले यो वर्ष बढाएर १४ करोड ४४ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २६.४६ प्रतिशत र ३८.६८ प्रतिशतले बढेको छ। संस्थाको खुद ब्याज आम्दानी बढेर २३ करोड ५ लाख रुपैयाँ पुर्याउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १८ करोड २३ लाख रुपैयाँ रहेको थियो। यता सञ्चालन नाफा १४ करोड ८८ लाख रुपैयाँबाट बढेर २० करोड ६४ लाख रुपैयाँ पुगेको छ।
यो दोस्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई १० अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल संस्थाको चुक्तापुँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म संस्थाको जगेडा कोषको पनि आकार बढेको छ। जगेडा कोष ५७.३२ प्रतिशतले बढेर २३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको जगेडा कोषमा १५ करोड २४ लाख रुपैयाँ रहेको थियो।
यता संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.१७ प्रतिशत रहेको छ। संस्थाको बार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ६६ पैसाबाट बढेर २५ रुपैयाँ १८ पैसा पुगेको छ। पीई रेसियो २६.९३ गुणा रहेको संस्थाको प्रतिसेयर कुल नेटवर्थ भने १३३.२७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment