सभामुखबारे काँग्रेसमा अझै अन्यौल
फाइल फाेटाे।
काठमाडौं। सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठक निष्कर्ष बिनै टुंगिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठकले अन्य दलहरूको निर्णय पर्खिएर सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने निर्णय भएको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ। घिमिरे एमाले प्रदेश १ का इन्चार्जसमेत हुन्।
यसअघि एमालेमा सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईको नाम चर्चामा थियो। तर एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएका हुन्।
संसद् सचिवालयले बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।







डिसी नेपाल








Facebook Comment