पाँच कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको मूल्य कति पुग्यो ?

डिसी नेपाल
४ माघ २०७९ १२:०७
144
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

बुधबारको कारोबारमा अपर हेवाखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर पब्लिक, हिमालयन उर्जा विकास कम्पनी र ग्रीन भेञ्चरको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी पाँच वटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ ४२ रुपैयाँले बढेर ४ सय ६२ रुपैयाँ र  पिपुल्स हाइड्रोपावरको सेयर भाउ २७ रुपैयाँ ७० पैसाले बढेर ३ सय २६ रुपैयाँ ७० पैसा पुगेको छ।

यस्तै, बाराही हाइड्रोपावरको सेयर भाउ ३७ रुपैयाँ ८० पैसाले बढेर ४ सय १६ रुपैयाँ, हिमालयन उर्जा विकास कम्पनीको सेयर भाउ ३६ रुपैयाँ ९० पैसाले बढेर ३ सय ६ रुपैयाँ ४० पैसा पुगेको छ।

यता, ग्रीन भेञ्चरको सेयर भाउ ४१  रुपैयाँ ५० पैसाले बढेर ४ सय ५७ रुपैयाँ ३० पैसा पुगेको छ। मार्केट डेपमा यी पाँच कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.