रिडी पावरले ५० प्रतिशत हकप्रद जारी गर्ने 

डिसी नेपाल
४ माघ २०७९ १२:४६
48
Shares

काठमाडौँ। रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत  हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले प्रस्तावित ४० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृत माग्नेछ। त्यहाँबाट अनुमति पाएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी नेपाल धितोपत्र बोर्डमा निष्कासन अनुमति माग्दै निवेदन दिइने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.