चिन्ताजनक अवस्थाको अर्थतन्त्रलाई समाधान गर्ने प्रयास भइरहेको छ : अर्थमन्त्री पौडेल

डिसी नेपाल
४ माघ २०७९ १७:२६
12
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले नीजि क्षेत्र लगाएत सरोकारवालासंगको समन्वयमा अर्थतन्त्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आर्थिक रुपमा चिन्ताजनक अवस्थामा रहेको र सक्षम पाइलट खोज्ने अवस्थामा रहेको बताए । भूकम्प र कोरोनाले झुकाउन नसकेको अर्थतन्त्र समस्यामा फस्नु गम्भीर बिषय भएको उनको भनाइ छ ।

पुष ११ गते अर्थमन्त्रालयमा प्रवेश गरेपछि आफुले सुक्ष्म ढंगले अध्ययन गरिरहेको उनले बताए । उनले अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै आक्रामक रुपमा प्रस्तुत हुने दावि गरे ।

अर्थमन्त्री पौडेलले उत्पादन क्षेत्रमा खर्च बढाउने र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर आर्थिक अनुशासन कायम गर्ने कुरामा वर्तमान सरकार नचुक्ने उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.