ग्लोबल आइएमई लघुवित्तले २० प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
५ माघ २०७९ १०:१४
40
Shares

काठमाडौँ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँको १२ प्रतिशतले हुन आउने ६ करोड ६३ लाख १० हजार ७१९.१२ रुपैयाँबराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने ४ करोड ४२ लाख ७ हजार १४६.०८ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.