बैंकसहित तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
५ माघ २०७९ १०:२९
152
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  बैंकसहित तीन कम्पनीको ८४ लाख ४७ हजार ८६०.६३ कित्ता सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्युत रहेका छन्।

मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ७.४४२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यता, रुरु जलविद्युतको ४ लाख ४८ हजार ४७६.०५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.