मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ माघ १५ गतेदेखि आउँदै

डिसी नेपाल
५ माघ २०७९ ११:१३
56
Shares

काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ माघ १५ गतेदेखि आउँने भएको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ५२ हजार कित्ता निष्कासन गर्ने भएको छ भने आयोजना आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि ७ लाख ९० हजार कित्ता निष्काशन गर्नेछ।

कम्पनीले आयोजनाबाट अतिप्रभावित दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ का लागि ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित दोखलाको बिगु गाउँपालिकाका सबै वडाका लागि १ लाख १४ हजार कित्ता छुट्याइएको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल गर्नेछ। यस आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ २९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

स्थानीयले भने छिटोमा माघ २९ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन १५ गतेसम्म बिक्री खुला गरिनेछ।

स्थानीयले दोलखास्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, दोलखास्थित सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, माथिल्ला सुरी खोला जलविद्युत आयोजनाको कार्यालय, काठमाडौँस्थित प्रभु क्यापिटल, लक्ष्मी बैंकको चरिकोट तथा सुनखानी शाखामा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.