५.७१ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्बमाथिको कारोबार

डिसी नेपाल
५ माघ २०७९ १५:४०
68
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१५ अङ्कले बढेर ४१५.०५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा  एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज १८ करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा रिडी पावर कम्पनी र पिपुल्स हाइड्रोपावरको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसूचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा आदर्श लघुवित्त र मैलुङ्ग खोला जलबिद्युत लगानीकर्ताले अत्यधिक लाभांश कमाएका छन्। यस्तै, कुमारी धनवृद्धि योजना र लक्ष्मी लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.