७ सयले महँगीयो सुन, तोलाको कति पुग्यो ?
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्दै गएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँलेबढेको छ। बिहिबार चाँदीको प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment