आइपिओ निष्काशन गर्न दरम खोला हाइड्रोले नियुक्त गर्यो बिक्री प्रबन्धक
काठमाडौँ। दरम खोला हाइड्रो इनर्जी लिमिटेडले ३९ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ।
उक्त आईपीओ जारी गर्न कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्ति गरेको छ। बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रोका तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका छन्।
दरम खोला हाइड्रो इनर्जीको बागलुङको गलकोट नगरपालिका वडा नंं. ११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधीन रहेको छ। यो जलविद्युत आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment