देउवा सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनाएको ओलीको टिप्पणी

डिसी नेपाल
६ माघ २०७९ १४:४०
72
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितलाई मध्यनजर गर्दै सन्तुलीत, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन्।

नेकपा एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यसअघि छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भएको भन्दै अब नयाँ सरकारले सन्तुलित, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका हुन्।

छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने भन्दै उनले छिमेकीहरुका लागि असल छिमेकी हुन चाहेको जिकिर गरे। अध्यक्ष ओलीले कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरुमा मुलुकलाई सहभागी नगराइने बताए।

नेपालको सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्ने उनले स्पष्ट पारे। उनले अर्थतन्त्रमा देखिएका समस्या, कृत्रिम ढंगले भएको महंगी लगाएतमा अन्य राष्ट्रलाई मात्रै दोष देखाइएको र आन्तरिक रुपमा केहि गर्न नसकेको समेत बताए।

त्यस्तै ओलीले छिमेकी मुलुकको जाजय चासो र चिन्तालाई सम्बोधन गरेर अघि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.