कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

डिसी नेपाल
६ माघ २०७९ १६:१३
104
Shares

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उनले विश्वासको मत पाएका हुन्।

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा उनले विश्वासको मत पाएका हुन्। ४० सदस्यीय प्रदेश सभामा शर्मालाई २५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको हो। बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो।

उनलाई स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन्। उनले माओवादी केन्द्रको १३, एमालेको ९, एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरि २५ मत प्राप्त गरेका हुन्।

नेपाली कांग्रेसका १४ जना प्रदेशसभा सदस्यले भने विपक्षमा मतदान गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.