आज प्रतिनिधिसभा उपसभामुखको निर्वाचन हुँदै

डिसी नेपाल
७ माघ २०७९ ७:३०
284
Shares

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। संसद् सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ।

प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन हु्न लागेको हो।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा रानामगर र यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्। रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहेकी छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन छन्।

मनोनयन दर्ता गराउदै रानामगरले जनता र देशलाई भलो हुने गरि निर्णायक भूमिका खेल्ने बताइन्।

त्यस्तै यादवको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहरेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी छन्। मनोनयनपछि यादवले पार्टीका सवै नेता तथा शुभेच्छुकलाई धन्यवाद दिदै उपसभामुखमा निर्वाचित हुने विश्वास व्यक्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.