सभामुख र उपसभामुख सत्तापक्षबाटै हुनुहुँदैनः बद्री पाण्डे
काठमाडौं। नेपाली कांग्रेसका नेता बद्री पाण्डेले प्रतिपक्षी दलबाट उम्मेदवार बनेकालाई उपसभामुख पदमा निर्वाचित गरिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका तर्फबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुने बताएका हुन्।
सत्तापक्षबाट एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन्। जसकारण उपसभामुखमा कांग्रेसकी यादवलाई निर्वाचित गरिनुपर्ने पाण्डेको भनाइ छ।
सत्तापक्षबाट सभामुख भएपछि उपसभामुखमा प्रतिपक्षबाट हुँदा सदनलाई एकताबद्ध बनाएर लैजान सकिने दाबी गर्दै उनले संविधानको भावना पनि पक्ष र प्रतिपक्षबाट सभामुख र उपसभामुख चयन गर्ने रहेको जिकीर गरे।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment