माओवादी केन्द्र र नेपाल समाजवादीबीच छिट्टै एकता हुँदै

डिसी नेपाल
७ माघ २०७९ १८:१३
268
Shares

काठमाडौं । एउटै चिन्ह लिएर चुनाव लडेका नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता अन्तिम चरणमा पुगेको छ । आज बसेको दुबै पार्टीको कार्यदलको बैठकले एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेको बताएको छ ।

एकता छिटो सम्पन्न गर्ने गरी दुबै पार्टीबीच ३ बुँदे सहमति भएको छ । सहमति अनुसार दुबै पार्टीले एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने तय भएको छ ।

माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ रहेका थिए । नेसपाको तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ रदुर्गा सोबको सहभागिता रहेको थियो ।

बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र) केही समय अगाडिदेखि पार्टी एकताको तयारीमा रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.