यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ माघ २०७९ ९:१२
324
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ५० पैसा र विक्री मूल्य १३० रुपैयाँ १० पैसा तोकिएको छ।

यता, युरोपियन युरोको मूल्य एकको खरिददर १४० रुपैयाँ २६ पैसा र विक्री दर १४० रुपैयाँ ९१ पैसा कायम रहेको छ। अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा, सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र विक्री दर ९८ रुपैयाँ ३८ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ र विक्रीमा १० रुपैयाँ ०४ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.